पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ४,  सोमबार

पोखरा– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत छ  ।
चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ३९ रूपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १ सय ४१ रूपैयाँ प्रतिलिटिर पर्नेछ ।

काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५७ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ४२ रूपैयाँ पर्नेछ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।