पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्स लगायतका सरकारी कागजात घरमै पुर्‍याउने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १५, आइतबार 
पोखराः सरकारले शासकीय सुधारको १०० कार्यसूची सार्वजनिक गर्दै  नागरिकता र राहदानीको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिने व्यवस्था गर्न लागेको छ । हिजो सार्वजनिक भएको कार्यसूचीअनुसार जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता र राहदानीको प्राप्त हुँदै आएको प्रतिलिपीका लागि सम्बन्धित जिल्ला धाउनु नपर्ने व्यवस्था लागू हुने भएको हो । 
साथै, हुलाक सेवालाई आधुनिकीकरण गर्ने उद्देश्यसहित  पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्स लगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था पनि कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।