पाकिस्तानी सेनाको हवाई आक्रमणमा परी अफगानिस्तानमा ४ सय जनाको जीवन गयो

आक्रमणमा परी २ सय ५० जना बढी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत्र ३, मंगलवार 
पोखरा । 
पाकिस्तानी सेनाले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गर्दा ४ सय जनाको मूत्यु भएको छ । सोही आक्रमणमा परी २ सय ५० जना भन्दा बढी घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले जनाएको हो । लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ । यो आक्रमणले गत महिनाको अन्त्यतिर शुरु भएको दुई देशबीचको द्वन्द्व थप गम्भीर भएको संकेत गरेको हो ।
बारम्बार सीमापार झडपका साथै अफगानिस्तान भित्र हवाई आक्रमणका घटना भैरहेका छन् । स्थानीय सञ्चार माध्यमले पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमा निशाना बनाएको जनाएको हो । तालिवान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा लागूऔषध प्रयोगकर्ता रहेको अस्पतालमा बम खसालेको बताउनुभयो ।उहाँले आक्रमणको निन्दा गर्दै मानवताविरुद्धको अपराध भएको टिप्पणी गर्नुभएको छ ।
तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले तालिवान सरकारको आरोपलाई अस्वीकार गर्दै काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाएको जिकिर गर्नुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।