न्याय र सुशासन माग्दा सहिद भएका नवयुवाको सपना खेर जान दिन्नः रवि लामिछाने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखराः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दावी गरेका छन्। पोखरामा आज आयोजित रास्वपाको चुनावी कार्यक्रममा उनले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरे। सुशासनको एजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर रास्वपा ससंदमा पुग्ने बताए।

सभापति लामिछानेले न्याय र सुशासनको माग गर्दा सहिद भएका नवयुवाहरूको सपनालाई खेर जान नदिने बताए। उलेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशादिर्नेशन गर्ने पनि बताए। सुशासन र समृद्धिसहित देशभित्रै रोजगारी सिर्जना गर्न सके युवाको विदेश पलायनलाई रोक्न सकिने सभापति लामिछानेको भनाइ छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।