नवयुवा आन्दोलनः जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २४, आइतबार 
पोखरा – गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय एवम् भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । नवयुवा आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले केहीबेरअघि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

नवयुवा आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठित आयोगलाई मन्त्रिपरिषद्ले शुरूमा तीन महिना समय दिएको थियो । त्यसपछि आयोगको समय पहिलो पटक एक महिना, दोस्रो पटक २० दिन र तेस्रो पटक २५ दिन म्याद थप भएको थियो । पछिल्लो पटक थपिएको म्याद सकिने एक दिनअघि आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।