नवलपरासीमा बस र ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, १५ जना घाइते


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १४, शनिबार 
पोखराःनवलपरासीको घिउखोलामा बस र ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् ।  नवलपरासीको बर्दघाट नगरपालिका–४ घिउखोलामा आज बिहान ना ७ ख ९३९८ नम्बरको ट्रक र लु २ ख २३५१ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ । बस र ट्रक दुर्घटना हुँदा घाइतेमध्ये तीन जनालाई जिल्ला अस्पताल परासीमा पठाएकोमा उपचारको क्रममा ज्यान गएको नवलपरासी पश्चिमका डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो । ज्यान गुमाउनेमध्ये रोल्पाको बागमाराका गोबिन बुढाको मात्रै परिचय खुलेको छ । अरु दुई जनाको अहिलेसम्म परिचय खुल्न सकेको छैन । उनीहरु सबैको शव परासी अस्पतालमा राखिएको छ । 
घाइते १५ जनामध्ये १३ जनाको लुम्बिनी सिटी अस्पताल बुटवल र २ जनाको चिसापानी अस्पतालमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।