नेपालले आज पहिलो वार्मअप म्याच युएईसँग खेल्दै

नेपालबाट रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखराः
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेल खेल्दैछ । नेपालले आज युएईविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्दैछ । खेल साँझ सवा ५ बजेदेखि शुरु हुने छ । 
यसपछि नेपालले अर्को वार्मअप खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका  रहेको छ । यो खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ । 
नेपालबाट रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ । आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । 
नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका रहेको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।