नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २७, मंगलबार 
पोखरा– नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ । यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाब प्रान्तको खरियाँमा रहेको ‘नेशनल काउन्टर टुरिजम सेन्टर’ मा आयोजित प्रतियोगितामा नेपाली सेनाले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक जितेको हो ।

प्रतियोगितामा पाकिस्तानसहित १७ देशका ३८ सैनिक टोली सहभागी थिए । अभ्यासमा टोलीहरूको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशललगायतका क्षमताको परीक्षण भएको थियो । सन् २०१६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।