नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर केसीले जापान प्रिमियर लिग खेल्ने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत्र ४, बुधवार  
पोखरा। नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर लिग खेल्ने भएका छन् । जापान क्रिकेट संघले सामाजिक सञ्जालमार्फत बलर करणले जापान प्रिमियर लिग खेल्ने तय भएको जनाएको हो । यद्यपि, उनी कुन टिममा अनुबन्धित भएका छन् भन्ने कुरा संघले खुलाएको छैन । सोही लिग जापानमा घरेलु टी–२० क्रिकेटतर्फ सबै भन्दा ठूलो प्रतियोगिताका रुपमा लिइन्छ । हालसम्म प्रिमियर लिगको चार संस्करण पूरा भइसकेको छ । साउथ कान्टो प्रतियोगिताको साविक विजेताको रुपमा रहेको छ ।

बलर करणले हालसम्म टी–२० क्रिकेटमा घरेलुतर्फ १ सय ११ विकेट लिएका छन् भने अन्तर्राष्ट्रिय टी–२० तर्फ १ सय ६ विकेट लिएका हुन् । उनले काठमाण्डू गोर्खाजबाट नेपालमै गत मंसिरमा सम्पन्न नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण खेल्दा १३ विकेट लिएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।