नेपाल एयरलाइन्सले आजदेखि काठमाडौं दुबई काठमाडौं विशेष उडान गर्दै

टिकट प्रमाणीकरण गरेका यात्रुलाई मात्रै विमानस्थल जान अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २७, बुधवार 
पोखरा । 

नेपाल एयरलाइन्सले प्रभावित यात्रुको सहजताका लागि बुधबारदेखि काठमाडौं(दुबई–काठमाडौं विशेष उडान गर्ने भएको छ ।
एयरलाइन्सले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन विशेष उडानको व्यवस्था गरेको हो । एयरलाइन्सले निकालेको सूचना अनुसार काठमाडौं–दुबई उडान बुधबार राति सवा ११ बजे हुने भएको छ। साथै दुबई–काठमाडौं उडान भने बिहीबार अपराह्न ४ बजेर १० मिनेटमा गर्ने तालिका रहेको एयरलाइन्सले जनाएको हो ।

एयरलाइन्सले गत फेब्रुअरी २८ तारिखदेखि मार्च तारिखसम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले बुधबार रातिको उडानमा यात्रा गर्न चाहेमा आफ्नो टिकट इमेलमार्फत पठाई पुनः प्रमाणीकरण गराउनुपर्ने जनाएको छ। एयरलाइन्सले टिकट प्रमाणीकरण गरेका यात्रुलाई मात्रै विमानस्थल जान अनुरोध गरेको हो। पश्चिम एशियाको तनाव केही मत्थर भएपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले मंगलबारदेखि काठमाडौंका लागि आंशिक उडान पुनः शुरू गरेका छन् ।
अमेरिका–इरानबीच युद्ध शुरू भएपछि यात्रु तथा चालक दलको असुरक्षा भएको भन्दै संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका थिए । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । जसका कारण नेपालका बढी अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदै आएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।