मुग्लिङ–मलेखु सडक खण्ड आजदेखि राति ३ दिन बन्द हुने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १७, मंगलबार
पोखराः मुग्लिङ मलेखु सडक खण्ड आजदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो । 
मुग्लिन–नागढुङ्गा सडक योजना पश्चिम खण्डका अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् । यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र बनाइने सडक योजनाले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।