मत खसाल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भनेः फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा  ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गर्नुभएको छ । बिहीवार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको भन्दै सबै मतदाताहरुमा मतदान सहभागि हुन आह्वान गर्नुभयो । 
उहाँले मतगणनाको सन्दर्भमा खसेको मतको आधारमा गणना टोली बनाएर छिटो मत परिणाम सार्वजनिक गर्ने आयोगको योजना रहेको बताउनु भयो । उहाँले फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने अठोट रहेको पनि बताउनु भयो ।आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।