मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २२,  शुक्रबार 
पोखरा– प्रतिनिधिसभा सदस्य चुनावमा मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । केहीबेरअघि सम्पन्न अन्तिम मतगणनाअनुसार गुरुङ २ हजार ४१५ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी नेकपा की यशोदा गुरुङ सुवेदीले ४५४ मत ल्याउनुभयो । योसँगै कांग्रेसले अहिलेसम्म २ सिट जितेको छ । यसअघि कांग्रेसले मुस्ताङमा जितेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।