मध्यपूर्वको तनावः एशिया क्षेत्रमा तेलको भाउ फेरि बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १६,  सोमबार 
पोखरा । 
मध्यपूर्वमा तनाव कायम रहँदा एशिया क्षेत्रमा तेलको भाउ फेरि बढेको छ । एसिया क्षेत्रले तेलको मूल्यमा फेरि वृद्धिसँगै नयाँ हप्ताको शुरुवात गरेको छ । तेलको भाउ बढेर प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ११५।८४ डलर छ, जुन २।९ प्रतिशतले बढेको हो । गएको फेब्रअरी २८ तारिख अघि तेलको भाउ लगभग ७२ प्रति ब्यारेलमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि भाउ निरन्तर उतारचढाव भैरहेको छ । 
गएको हप्ता मार्च १९ तारिखमा प्रति ब्यारेल ११८ डलरमा पुगेको थियो र शुक्रबार दिउँसोसम्म ११२ डलरभन्दा तल थियो । इरानविरुद्धको अमेरिका–इजरायल युद्ध पाँचौं हप्तामा प्रवेश गर्दा खाडीका देशहरूले श्रृंखलाबद्ध आक्रमणका घटनाको रिपोर्ट गरेका बीबीसीले जनाएको छ । 
जसमा प्रमुख औद्योगिक पूर्वाधारमा आक्रमण भएको उल्लेख छ । युएईले अबुधाबीको एक प्रमुख आल्मुनियम प्लान्टमा इरानी आक्रमणमा धेरै मानिसहरू घाइते भएको बताएको छ । यस्तै बहराइनले विश्वको सबैभन्दा ठूलो आल्मुनियम गलाउने कम्पनीमा इरानी आक्रमणबाट दुई कर्मचारी घाइते भएको जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।