मौसम आंशिक बदलीः उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज दिउँसो पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । 

मौसम आंशिक बदली भएको छ । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आज मध्यम हिमपात र छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभएको छ ।
लुम्बिनी, बागमती र कोशी प्रदेशका पनि पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ  ।

सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । साथै बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आजराति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराइका क्षेत्रमा मौसम सफा रहने अनुमान छ ।

यसअघि माघ ९ र १० तथा १३ र १४ गते पनि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिमपात र छिटपुट वर्षा भएको थियो । भोलिदेखि मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।