मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ८,  शुक्रबार 

पोखरा– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न भएको छ । कालीगण्डकी करिडोर योजनाअन्तर्गत १३ किलोमिटर सडक दुई लेनको ११ मिटर फराकिलो गरी अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार, सडकको ढलान र कालोपत्र ९ सय ६० मिटर बाहेक सबै खण्डमा सकिएको छ ।

वारीबेनी, केराबारी र फर्सेका केही खण्डमा घरधनीको सहमति र पहिरोका कारण ठेक्काबाट काम हटाइएको थियो । यस सडकले म्याग्दी, मुस्ताङ र पर्वतका स्थानीय बासिन्दा, पर्यटक तथा तीर्थयात्रीलाई आवतजावतमा सहज बनाउनेछ । यातायात व्यवसायी बुद्धि पुनका अनुसार, यात्रा समय पुरानो एक घण्टाबाट अहिले १५र२० मिनेटमा छोटिएको छ । जलजला गाउँपालिका–७ का बाबुराम कार्कीले सडक स्तरोन्नतिपछि धुलो र हिलोमा कष्टपूर्ण यात्रा समाप्त भएको बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।