कोलम्बियामा सैनिक विमान दुर्घटनाः ९० जनाको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १०,  मंगलबार 
एजेन्सी
कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।  ११० जना सवार रहेको विमान अवतरणका क्रममा दुर्घटना भएको कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा केही संख्यामा यात्रु घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ । 
विमान दुर्घटनाको कारण खुलिसकेको छैन, थप अनुसन्धान थालिएको छ । थप विवरणहरु आउन बाँकी छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।