केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेन–जी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत्र २०,शुक्रवार  
पोखरा । 
गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
बिहीवार राति उहाँले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको हो । घाईतेको पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आउनुभएको छ । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिनुभयो । 
गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिनुभएका मन्त्री गुरुङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल जानुभएको थियो । डा. सुनिल शर्मालाई भेटेर उहाँले घाइतेहरूको अवस्था समेत बुझ्नुभएको थियो । 
अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताउनु भयो । गृहमन्त्री गुरुङले जेन–जीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिनुभयो । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।