काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या सात लाख ५० हजार नाघ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २०, बुधबार
पोखरा— भोली हुने चुनावलाई लक्षित गर्दै काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । चुनावका दिन भोलि आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न मतदाताले काठमाण्डौ उपत्यका छाड्ने क्रम बढेको हो ।चुनावका लागि उपत्यकाबाट बाहिरिने क्रम आज पनि जारी रहेको ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभएको छ । सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी गाडीमार्फत जानेहरु पनि छन् ।
अहिलेसम्म सात लाख ५० हजारभन्दा धेरैले काठमाण्डौ उपत्यका छाडिसकेको उहाँले जानकारी दिनुभयो ।आज पनि कतिपय बाहिरीने भएकाले यो संख्या थप बढ्ने अनुमान छ । आज मध्यरातिदेखि भने सार्वजनिक र पासबाहेकका गाडी चल्न पाउने छैनन् । भोलि मतदान नसकिएसम्मका लागि सरकारले गाडी चलाउन रोक लगाएको छ । यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले जनशक्ति बढाएको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
यातायात व्यवसायीले पनि सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा धेरै यात्रु नराख्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।