फागुन २३, शनिबार
पोखरा – प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९ सय ११ मतसहित विजयी हुनुुभएको छ ।
यस क्षेत्रमा नेकपा एमालेका रश्मी आचार्यले ७ हजार ४ सय ९३ मतसहित दोस्रो बन्नुुभयो भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला ६ हजार ५ सय मतसहित तेस्रो बन्नुुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले १ हजार ६ सय ४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २ सय १ मत प्राप्त गर्नुुभएको कार्यालयले जनाएको छ ।