कानून विपरीत निजी विद्यालयले लिइएको भर्ना शुल्क फिर्ता गराउन सरकारको निर्देशन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत २३, सोमबार 
पोखरा — शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गराउन पनि मन्त्रालयले भनेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर शैक्षिकसत्र शुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन तथा शुल्क मापदण्ड विपरीत शुल्क नलिने व्यवस्था मिलाउन र गैह्रकानुनीरुपमा लिइएको पाइए शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारवाही हुन सक्नेतर्फ समेत सचेत गराएको छ ।

सर्वोच्च अदालतको गएको शुक्रबारको आदेशको उल्लङ्घन गरी शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना गर्ने कार्य पनि दण्डनीय हुनेतर्फ मन्त्रालयले सचेत गराएको छ  ।आउँदो वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदैछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।