जेनजी समुहको प्रदर्शनः घाइतेहरुको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन १०,  आइतबार 
पोखरा– सरकारले गएको भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ गतेसम्म घाइतेको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका दिएको हो । गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले घाइतेको सूचीकरण, वर्गीकरण तथा पुनर्वर्गीकरणसम्बन्धी कार्यमा लामो समय लागेकाले अब अन्तिम मौका दिएको जनाएको छ ।

अब यो अवधिभित्र विधिवत् प्राप्त हुन आएका निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । आन्दोलनका क्रममा छुट भएका घाइतेहरूको उपचार भएकाको नामावली स्वास्थ्य मन्त्रालयको इमेल ठेगानामा १५ गतेभित्र पठाउन निर्देशन दिएको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।