हवाई इन्धनको मूल्य बढ्यो, अरुको यथावत


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १७,  बुधबार 
पोखरा । 
 नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले बढाएको छ । साविकमा प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन बढेसँगै प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर ८१९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ । परिमार्जित मूल्य अनुसार काठमाण्डौमा प्रतिलिकिलोटर ९६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार ७८५ अमेरिकी डलर पुगेको छ । अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने यथावत राखिएको निगमले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।