हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगले पत्र पठाएको प्रहरीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २५, आइतबार 
पोखरा– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।
विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा प्रहरीले अस्ति शुक्रवार प्रसाईंलाई पक्राउ गरी म्याद थपका लागि अदालत उपस्थित गराएको थियो । तर अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको साइबर ब्युरोका एसपी दीपक अवस्थीले जानकारी दिनुभयो ।
विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगले पत्र पठाएको प्रहरीको दाबी छ । प्रसाईंलाई पर्साको वीरगञ्जमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रहरीले काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।