ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन ३०, शनिबार 
पोखरा — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आग्रह गरेको छ । घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न निगमले आग्रह गरेको हो । ग्यासको बिक्री वितरण सहज बनाउन निर्देशन दिइरहेको भन्दै निगमले कहीँ कतै अनियमितता भएको देखिए सूचना दिन पनि भनेको छ । अन्तर्राष्ट्रिय स्तरमा देखिएको युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नभएको पनि निगमले दाबी गरेको छ ।
ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले हिजोदेखि आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्न थाले पनि उपभोक्ताले अभाव झेलिरहेका छन् । आधा सिलिण्डर ग्यासको लागि पनि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । ग्यास पाउन नसकेपछि बजारमा विद्युतीय चुल्होको माग बढेको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।