गाडीको ठक्करबाट नेपाली विद्यार्थीको ज्यान गएको घटनामा बेलायती र्‍यापरलाई १२ वर्ष जेल सजाय


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २०, बुधबार 
पोखरा । 
गाडीको ठक्करबाट नेपाली विद्यार्थीको ज्यान गएको घटनामा बेलायती र्‍यापर जस्टिन क्लार्क स्यामुएललाई त्यहाँको अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । उनलाई खतरनाक रूपमा गाडी चलाएर नेपाली विद्यार्थी युविन तामाङको ज्यान लिएको घटनामा १२ वर्षको जेल सजाय सुनाइएको हो । सन् २०२५ अक्टोबर १८ तारिखमा लन्डन इल्फोर्डमा रहेको रेडब्रीजमा तिव्र गतिमा कार चलाउँदा उनले सडक पार गरिरहेका २० वर्षीय तामाङलाई ठक्कर दिएका थिए । दुर्घटनापछि जस्टिन गाडी नरोकी फरार भएका थिए ।
तामाङको उपचारका क्रममा २ दिनपछि ज्यान गएको थियो । अदालतले उनलाई १७ वर्षका लागि गाडी चलाउन अयोग्य पनि ठहर गरेको छ । अभियुक्तले अदालतमा आफुमाथि लागेको आरोप स्वीकार गर्दै पीडित परिवारसँग माफी मागेका बीबीसीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।