एन्फा महिला लिगः झापालाई ५ गोलले हराउँदै त्रिभुवन आर्मीको विजयी शुरुआत


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत ४, बुधबार 
पोखरा– झापा एफसीलाई हराउँदै त्रिभुवन आर्मी एफसीले शहीद स्मारक एन्फा महिला लिगमा विजयी शुरुआत गरेको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले झापालाई ५–० गोलले हरायो । आर्मीका लागि अञ्जना थुलुङ राईले दुई तथा दीप शाही, हिमा चौधरी र तुलसा बोहराले एकरएक गोल गरे ।

यसअघि आजै भएको उद्घाटन खेलमा न्युरोड टिम एनआरटीलाई हराउँदै सङ्कटा क्लबले एन्फा महिला लिगमा विजयी शुरुआत गरेको छ ।अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता आउँदो वैशाख १२ गतेसम्म चल्नेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।