एन्फा महिला च्याम्पियनशिपः आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन ९,  शनिबार 
पोखरा– त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला च्याम्पियनशिपको उपाधि जितेको छ । उदयपुरको थारुहट रङ्गशालामा आज भएको फाइनलमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफका गीता राना र रेनुका नगरकोटेले १÷१ गोल गरे । आर्मीकी जेनिफर रानाले गोल गरिन् ।
योसँगै विजेता बनेको एपीएफले ७ लाख ५० हजार र उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । एपीएफले दोस्रो सेमिफाइनलमा सङ्कटा एफसीलाई हराउँदै उपाधि नजिकै पुगेको थियो ।अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले अयोजना गरेको नकआउट फुटबल प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।