एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत २, सोमबार 
पोखरा– गैरआवासीय नेपाली सङ्घ एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अरू उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका साथै रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिनुभएको थियो ।
निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ । एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । अस्ति शनिवारदेखि काठमाण्डौमा शुरू भएको एनआरएनएको १२औँ अधिवेशन आज सकिँदैछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।