एमाले संसदीय दलको बैठक शुरु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत्र १८, बुधवार  
पोखरा । 
पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । 
पार्टी मुख्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । राष्ट्रिय सभाका सांसदहरुसहित सहभागी बैठकले प्रतिनिधि सभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ । त्यसैगरी बैठकमा संसदमा पार्टीले खेल्ने भुमिकाको विषयमा पनि छलफल हुनेछ । 
संघीय संसद बैठक भोली बिहीवार अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ । एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले चुनाव हारेपछि वरिष्ठ नेताको हैसियतमा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल दलका नेता बन्ने करिव टुंगो लागेको छ । एमाले निर्वाचन २५ सिट जितेको थियो । एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानूनी रुपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ । 
त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेण्डा सो बैठकले गर्ने बताइएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।