एमाले अध्यक्ष ओलीलाई पितृशोक


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २९,  शुक्रबार 
पोखरा— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुर गट्ठाघरको अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार उमेरजन्य स्वास्थ्य समस्याका कारण उहाँ अस्वस्थ हुनुहुन्थ्यो र केही दिनयता उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।