एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १८,  बुधबार 
पोखरा । 
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग १–० ले पराजित भएको छ । यसअघि पहिलो लेगमा लाओससँग २–१ ले पराजित नेपालले हिजो लाओसको नेशनल स्टेडियममा भएको खेलमा पनि जीत निकाल्न सकेन । नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८औं मिनेटमा लाओसले गोल गर्यो । त्यही गोल नै खेलमा निर्णायक भयो । नेपाली टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि पहिलो खेल नै सुखद हुन सकेन । लाओसले ६ अंक जोडेको छ भने नेपाल ३ अंकसहित छनोटबाट बाहिरिएको छ । मलेसिया कारबाहीमा पर्दा नेपालले ३ अंक पाएको हो ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।