धादिङमा दुई वटा बस ठोक्किएः चिया पिउँदै गरेका टिपर चालकको मृत्यु

ज्यान गुमाउनेमा टिपरका चालक धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २५,  आइतबार 

पोखरा  – धादिङको थाक्रे गाउँपालिका–६ मा आज बिहान दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । काठमाण्डौबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०६ नम्बरको बस र दाङबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१००६ ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा नजिकै चिया पसलमा चिया पिउँदै गरेका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा टिपरका चालक धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ रहेको ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो ।

ठक्करबाट अनियन्त्रित एउटा बस सडक छेवैमा रहेको चिया पसलमा पुगेको थियो । चिया पसल सञ्चालक  खगेश्वर शर्मा र रसुवाका लागि छुटेको बसका यात्रु सफलता पुलामी मगर घाइते हुनुभएको छ । घाइतेमध्ये शर्मालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।