चैत्र ५, विहीवार
पोखरा। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान देशको हिमाली भू(भागमा साधारणतया बादल लागेको हो । कोशी प्रदेशको पहाडी भूभाग र मधेशमा आंशिक बादल लागेको छ । साथै बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । त्यस्तै, बिहीबार दिउँसो भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्ने भएको छ। साथै बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,कोशी र बागमती प्रदेशको पहाडी हिमाली भूभाग लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन चट्याङ्गरअसिनासहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।
त्यस्तै, बिहीबार राति भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्ने भएको छ। साथै बाँकी तराई भूभागमा आंशिक बादल रहने भएको हो। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गअसिनासहित मध्यम वर्षाहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।