पोखराः डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका९६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका९३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो। दुर्घटना राति करिब रााढे १२ बजे भएको हो। प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु. प. प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ।
मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ। मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। जिप मृतक सुबोध रोकायाले चलाएका थिए।