tiktok@ecn.gov.np मा पठाउनुपर्नेछ । एक मिनेटसम्मको भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ ।

" /> Pokhara news network news detail

चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिताः उत्कृष्टलाई ५० हजार पुरस्कार

एक मिनेटसम्मको भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ२७,मंगलवार 
पोखरा – निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ ।

पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोगले आज निकालेको सूचनामा उल्लेख छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिनेछ ।

भिडियोमा चुनाव प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक आउँदो फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेल  tiktok@ecn.gov.np मा पठाउनुपर्नेछ । एक मिनेटसम्मको भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।