चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन १०, आइतबार 
पोखरा– निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले चुनावका लागि फागुन २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको हो । विदा बारेमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ । यस्तै फागुन २३ गते शनिवार र २४ गते आइतवार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा छ । यसैले २०, २१ र २२ गते विदा दिदा चुनावका लागि एक हप्ता बिदा हुनेछ । चुनावको मतदान फागुन २१ गते हुँदैछ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।