चुनावका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २,  शनिबार 
पोखरा– चुनावी खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले चुनावको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम शुरू भएको छ ।आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले अहिलेसम्म ४ सय ५४ उम्मेदवार र चार दलले त्यसरी बेग्लै बैंक खाताको विषयमा जानकारी गराएका बताउनुभयो । आउँदो २१ गते हुने चुनावका लागि राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।
चुनावका लागि बेग्लै खाता खोलिएपछि साविकका दल र उम्मेदवारका खाता यसै खातामा सार्नुपर्ने व्यवस्था गरिएको सहसचिव भट्टराईले जानकारी दिनुभयो । चुनाव प्रचारप्रसारको खर्चको विवरण तयार भएको ३५ दिनभित्र आयोगद्वारा त्यो खाता बन्द गराउन लगाइने उहाँले बताउनुभयो ।
आयोगले उम्मेदवारले खर्च गर्ने हद सीमा पनि निर्धारण गर्दै आएको छ । यसपटकको चुनावका लागि भौगोलिकताका आधारमा क्षेत्रगत रूपमा २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म चुनावको खर्चको सीमा तोकिएको छ ।
आयोगले चुनावी खर्चको अनुगमनका लागि जिल्लामा रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकेको छ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।