चुनावअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस्ः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ५, मंगलबार 
पोखरा  – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गर्नुभएको छ । आज काठमाण्डौमा आयोजित मतदाता शिक्षा एवम् चुनाव प्रचारप्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय सघं–संस्था एवम् कलाकारहरूसँगको छलफलमा उहाँले चुनावअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न आग्रह गर्नुभएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रविधिको दुरुपयोगले चुनावको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गरी सिर्जना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन पनि आमसंन्चार सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने कुरामा सबैले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।