चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ४ जनाको ज्यान गयो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २३, शनिबार 
पोखरा – चितवनको कालिका नगरपालिका–९ दब्यटारमा रहेको भित्री सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विक, राप्ती–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनि तामाङ र ५६ वर्षीया तिलक तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।
 दुर्घटनामा घाइते हुनुभएका राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको भरतपुरमै उपचार भइरहेको छ ।

आज उपरदानगढीबाट शक्तिखोरतर्फ गुडिरहेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो रिक्सा अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।