चीनको खुलापन र १५ आौँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्छः सरोकारवाला

उनको कार्यपत्रमा चीनको १५ औँ पञ्चवर्यीय योजनाका विशेयता समेटिएको थियो ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २४,  
पोखरा । 
नेपाल–चीन सम्बन्धका विज्ञले चीनको खुलापन र १५ आौँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन् । 
‘फ्रेण्ड अन क्लाउड’ले काठमाडौँमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता एवं अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका अवसरबारे कार्यपत्र प्रश्तुत गरेका हुन् । 
उनको कार्यपत्रमा चीनको १५ औँ पञ्चवर्यीय योजनाका विशेयता समेटिएको थियो । राषिय सुरक्षा र दिगो विकास, युवा केन्द्रित नीति, सीपमा आधारित नीति, सेवामूलक कारणबारे, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास, लगानी लगायतका विषय  योजनामा समेटिएका छन् । 
उनको प्रतिवेदनमागि डा. रघु वाग्ले र डा मुक्ति रिजालले टिप्पणी गर्नुभयो । विकासको दीर्घकालीन सोच र कार्यबारे चीनसँग सिक्नुपर्ने उनीहरूको भनाइ छ ।  कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलस्रोविद् कृष्णप्रसाद भण्डारी र राप्रपाका नेता श्याम घिमिरेलाई सम्मान गरिएको थियो । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।