भक्तपुरबाट एकैदिन ६० जना पक्राउ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत २२, आइतबार 
पोखरा । 
जिल्ला प्रहरी परिसर भक्तपुरले ‘स्विप अपरेसन’ मार्फत हिजो एकैदिन ६० जनालाई पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले विभिन्न ठाउँबाट ६० जना पक्राउ परेका जानकारी दिनुभयो । जिल्लाका दुई वटा प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन शुरु गरिएको उहाँको भनाइ छ । 
सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, विभिन्न ठाउँमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायतको गतिविधि गर्ने ६० जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।