बालेनले कटाए ३९ हजार मत, ओलीले ल्याए १० हजार २ सय ९३


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २३,शनिबार, 
पोखराः  झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता बढाउँदै लगेका छन्। नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै शाहले अग्रता कायम राखेका हुन्। रास्वपा उम्मेदवार शाहले ३९ हजार २८४ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले १० हजार २ सय ९३ मत मात्र प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ६ हजार ३ सय २४ मत पाएका छन्। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।