बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ

कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसी क्यामेरालगायत सामान बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २५, आइतबार 
पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका–१६ का मनिष राजवहाक, सिन्धपुाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–६ घर भई काठमाण्डौ–३१ बस्ने खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी–६ घर भई धादिङको धुनिबेँसी नगरपालिका–७ बस्ने सञ्जय श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
परिसरका एसएसपी रमेश थापाका अनुसार र नवयुवा आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी हुन् । उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसी क्यामेरालगायत सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।