अण्डाको भाउ प्रतिक्रेट ६० रुपैयाँले घट्यो

ठूलो अण्डा प्रतिक्रेट ६० रुपैयाँले घटेर ३७५ रुपैयाँ कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २६,  सोमबार 
पोखरा  – आजदेखि अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । अब मार्फको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३ सय ७५  रुपैयाँ र मझौलाको ३ सय ३५ रुपैयाँ कायम भएको छ ।

यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ र मझौलाको ४ सय ५ रुपैयाँ तोकिएको थियो । माघ ११ गते ठूलो अण्डाको ४ सय ९५ रुपैयाँ र मझौलाको ४ सय ७५ रुपैयाँ पुगेको थियो । गएको मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । त्यसबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेटको ५ सय ६५ रुपैयाँ र मझौलाको ५ सय ५० थियो । सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।