अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २८, बिहीबार 
पोखरा– अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । उपभोक्ताको लाइन र ग्यासको माग बढेपछि नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले  जानकारी दिनुभयो । बजारमा पछिल्लो दुई महिनादेखि ग्यास पाउन सहज नभएको अवस्थामा पछिल्लो पटक पश्चिम एशियामा बढ्दो द्वन्द्वले उपभोक्ताले ग्यासको सञ्चय गर्दा समस्या भएको निगमको दाबी छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।