आर्मीलाई हराउँदै एपीएफ राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २९, शुक्रबार 
पोखरा — राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।  दशरथ रंगशालामा हिजो भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । यो जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । २२ अंक रहेको मछिन्द्र दोस्रोमा झरेको छ भने १० खेलमा २० अंक भएको आर्मी तेस्रोमा यथावत् छ । एपीएफको जितमा सबिन गुरुङले गोल गरे । उनले खेलको ७६औँ मिनेटमा गोल गरे । राष्ट्रिय लिगमा हिजै भएका खेलमा चर्च ब्वाइजले काँक्रेबिहार क्लबलाई २–१ गोलले हराउँदा सङ्कटा क्लबले श्री भगवती क्लबलाई १–० गोलले हरायो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।