आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत २३, सोमबार 
पोखरा— आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
हिजोको मन्त्रिपरिषदले गरेको यही निर्णयअनुसार आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुनेछ ।मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले हिजो नै राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको हो ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो बजेसम्म कायम गर्ने राजपत्रमा उल्लेख छ । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।