आजदेखि मौसममा केही सुधार

हल्का वर्षा र हिमपातको सम्भावना भने कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १८, २०८२ बुधबार  
पोखरा । आजदेखि मौसममा केही सुधार भएको छ । न्यूनचापीय प्रणाली कमजोर भएकाले वर्षाको सम्भावना केही घटेको जलवायुविज्ञ उज्जवल उपाध्यायले जानकारी दिनुभएको छ । उहाँका अनुसार काठमाण्डौ र पहाडी क्षेत्रमा घाम लागे पनि केही दिन चिसो हावा चल्ने सम्भावना छ । तराईमा भने गर्मी बढ्ने उहाँको भनाइ छ । तीनरचार दिनको गर्मीले फेरि पानी पार्ने सम्भावना रहेको उहाँले बताउनुभएको छ । 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । हिजो काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा हावाहुरीसहित पानी परेको थियो ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।