आज उच्च पहाडी र हिमाली एक दुई क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २८, बुधवार 
पोखरा – आज उच्च पहाडी र हिमाली एकरदुई क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हिमाली तथा उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराइका धेरै ठाउँका साथै उपत्यकाहरूमा हुस्सु लागेको छ । आज दिउँसोसम्म तराइका केही ठाउँमा हुस्सु कायमै रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भागको सफा रहने अनुमान छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराइ र काठमाण्डौ उपत्यकामा वायु प्रदूषण पनि कायमै रहनेछ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।